९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

स्वर्णिम र शिशिरसँगको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौं । भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल आउने जहाजमा खिचेको तस्विर फेसबुकमा पोस्ट गरेका हुन् ।

तस्बिरको क्याप्सनमा प्रधानमन्त्रीले लेखेका छन्, ‘देश उँभो लगाउने टोली । निक्कै मिहिनेती मान्छेहरू !’ शाहले यसअघि पनि अन्य दुई मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्सालसँग सँगै बसेको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै लेखेका थिए ।

प्रकाशित मिति : November 24, 2026 at 1:51 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/