२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

२२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे छ । सरकारले सोमबार पुन: अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गर्नुभएका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनुभएकाे थियाे ।

सोही अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताकोतस्तै जारी गर्न पुन: सिफारिस गरेको थियो । राष्ट्रपतिले आज सो अध्यादेश जारी गर्नुभएकाे हाे ।

प्रकाशित मिति : 12:49