बीपी राजमार्गको रोशी खोलाको भंगालोमा चार माइक्रोबस फसे
२१ वैशाख, काठमाडाैँ । बीपी राजमार्गको रोशी खोलाको भंगालोमा चार माइक्रोबस फसेका छन । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार रोशी ७ लास्कोट र घुमाउने बीचमा फसेका ४ वटा माइक्रोबसका यात्रुलाई उद्धार गर्ने काम भैरहेको छ ।

खोलापारीबाट अन्य गाडीको हेडलाइट बालेर डोरीको सहायतामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको छ । कति यात्रु छन् यकिन नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 21:14









