बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा
२१ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज मुख्यमन्त्री बानियाँको घर तथा कार्यालयहरूमा छापा मारेको हो।
स्रोतका अनुसार बानियाँको काठमाडौंस्थित नक्सालमा रहेको कार्यालय, सुन्धारास्थित कार्यालय तथा हेटौंडास्थित घर र कार्यालयमा छापा मारेको छ।
प्रकाशित मिति : 14:10









