धोबीखोला करिडोरको सात तले घरमा चल्यो डोजर
२० वैशाख, काठमाडौं । सरकारले अनामनगरमा रहेको सात तले घरमा डोजर चलाएको छ । काठमाडौं महानगरपालिका-१० धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको ७ तले घर भत्काइएको हाे ।

अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सरकारले सो घरमा पनि डोजर चलाएको हो । सार्वजनिक जग्गा मिचेर बनाइएको घरको सडकतर्फको एक भागमा डोजर लगाइएको हो । घरधनी इन्द्र चाम्लिङले भने जग्गाको लालपूर्जा, घरको नक्सापास र अदालतले यसअघि दिएको आदेश घरको भित्तामै टाँस्नुभएकाे थियाे।
प्रकाशित मिति : 13:44









