१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको शिष्टाचार भेट

१८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ । त्यसैगरी, सो अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै छलफल गरिएको थियो ।

प्रकाशित मिति : 17:21