समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त
८ वैशाख, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको हो ।
उक्त समितिको सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्य नियुक्त हुनुभएको सञ्चार, सूचना तथा प्रविधि मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 17:09









