२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

हाजिरमात्र गरेर तलब खाइरहेका ६३ उपसचिव सरुवा (सूचीसहित)

१६ चैत, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ उपसचिव वा सो सरहका कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । जगेडामा बसेर हाजिर गरेर तलब खाइरहेका ६३ उपसचिवको एकै पटक सरूवा भएको हो ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयहरुमा मन्त्री प्रतिभा रावलले उपसचिव वा सोसरहका कर्मचारी खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

खटाइएकामध्ये केहीलाई सरुवा गरिएको छ भने केहीलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : 21:37