११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

१ लाख ८६ हजार अस्थायी मतदाता कायम

१३ फागुन, काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन्। यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन्।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश छ।

ती अस्थायी मतदाताका लागि १४३ मतदानस्थल निर्धारण गरिएको निर्वाचन आयोगले जनाएकाे छ ।

प्रकाशित मिति : February 25, 2026 at 5:19 pm