४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

समयमै काम नगर्ने ७ कम्पनी कालोसूचीमा

https://www.muktinathbank.com.np/online/loan-application

१३ फागुन, काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयभित्र काम पूरा नगर्ने सात निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीविरुद्ध कारबाही गरिएको स्पष्ट पारेको हो।

कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) अनुसार उक्त निर्णय गरिएको हो। यस प्रावधानले ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगर्ने, सर्त उल्लंघन गर्ने वा जिम्मेवारीमा लापरबाही गर्ने आपूर्तिकर्ता तथा निर्माण व्यवसायीलाई निश्चित अवधिका लागि कालो सूचीमा राख्ने व्यवस्था गरेको छ। कारबाहीमा परेका कम्पनीहरूमा डाइमेन्सनल कन्स्ट्रक्सन, थ्री–स्टार कन्स्ट्रक्सन, चुरे कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जगतिसिंह कन्स्ट्रक्सन सेवा, क्वालिटी सोलुसन कम्पनी, न्यू रोहित ट्रेडर्स एण्ड अर्डर सप्लायर्स तथा जिबी मेटल क्राफ्ट इण्डस्ट्रिज एण्ड सप्लायर्स रहेका छन्।

कालो सूचीमा परेका कम्पनीहरूले अब ६ महिनादेखि १ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

प्रकाशित मिति : February 25, 2026 at 11:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/