७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सक्कल फाइल झिकाउन आदेश दिएको छ।

सोमबार न्यायाधीशहरू नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले कारबाही गर्न भनेर प्रहरीलाई पठाएको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको हो।  प्रसाईंले जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गर्नुभएकाे थियाे ।

परिसरले सर्वोच्चमा दिएको लिखित जबाफमा आफूहरूले निर्वाचन आयोगले फागुन ४ गते पठाएको पत्र अनुसार पक्राउ गरेको उल्लेख थियो। सर्वोच्च अदालतले यसअघि नै दुर्गा प्रसाईले पेश गरेको मुद्दाको फाइल झिकाउन आदेश दिँदै मंगलबारका लागि पेसी तोक्न पनि आदेश दिएको छ।

प्रकाशित मिति : February 23, 2026 at 3:35 pm