पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्यो १७ जनाको मृत्यु
११ फागुन, काठमाडौँ । पोखराबाट काठमाडौँ आँउदै गरेको बस त्रिशुलीमा खस्दा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन । मृतक मध्ये १३ पुरूष र ४ महिला रहेका छन ।
धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा दुर्घटनामा परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

अफ्ठेरो भीरबाट बस त्रिशुलीमा खसेको छ । बस बिहान अन्दाजी १ बजेर ३० मिनेटमा त्रिशुलीमा खसेको हो । दुर्घटना लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसहित स्थानीयले उद्धारको काम गरेका छन । उद्धार गरिएका घाइतेहरूलाइ विभिन्न अस्पतालमा पठाइएको छ भने केही घाइतेको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार ०५:२५










