१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

एन्फालाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्वाचन आयोगको निर्देशन

६ फागुन, काठमाडौं । निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ। आयोगले पत्रमार्फत एन्फाको आसन्न निर्वाचनसम्बन्धी गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो।

आयोगका अनुसार यसअघि भएको पत्राचार तथा निर्देशनको सन्दर्भमा सम्बन्धित निकायबाट निर्वाचन गतिविधि स्थगित गरिएको जानकारी प्राप्त भए पनि पुनः कार्यक्रम अघि बढाइएको पाइएको उल्लेख छ।

आयोगले प्रचलित निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न तथा अर्को सूचना प्रकाशित नभएसम्म सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गर्न स्पष्ट निर्देशन दिएको छ।

प्रकाशित मिति : February 18, 2026 at 5:33 pm