हेटौँडा उपमहानगपालिकाले सात महिनामा सङ्कलन गर्याे २२ करोड ४५ लाख राजस्व
६ फागुन, बागमती । हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमारु २२ करोड ४३ लाख ८४ हजार ८८८ सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताउनुभयो ।
चालु आवको सात महिनामा सम्पत्ति करबाट रु पाँच करोड ५४ लाख ९३ हजार १३८, घरबहाल करबाट रु तीन करोड ४४ लाख ७० हजार ७०६, नक्सापास दस्तुरबाट रु एक करोड २१ लाख २७ हजार २७, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु दुई करोड ४४ लाख ४९ हजार २४०, सिफारिस दस्तुरबाट रु एक करोड ७० लाख ३९ हजार १००, बहाल बिटोरी करबाट रु एक करोड ७२ लाख ४४ हजार १४९, व्यवसाय करबाट रु एक करोड ७१ लाख दुई हजार ६१६, अन्य बिक्रीबाट प्राप्त रु तीन करोड दुई लाख २३ हजार असुली भएको हो ।
प्रकाशित मिति : February 18, 2026 at 11:16 am









