११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

११ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेकाे छ ।

निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गर्नुभएकाे थियाे । साे रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने विषयमा छलफल गर्न विपक्षीलाई बोलाएको छ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १६:५२