४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

काठमाडौँ उपत्यकाका नदी किनारमा थप २० मिटर जग्गा छोड्नुपर्ने सर्वोच्चको फैसला खारेज

४ माघ, काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनारमा थप २० मिटर जग्गा छोड्नुपर्ने फैसला खारेज भएको छ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती र यसका सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने यसअघिको फैसला खारेज गरिदिएको हो ।

सर्वोच्चको न्यायाधीशहरू सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौला सम्मिलित पूर्ण इजलासले आइतबार संक्षिप्त आदेश जारी गर्दै यस्तो फैसला गरेको हो । सर्वोच्चले यसअघिको फैसला कानुन र न्यायको रोहमा मिलेको नदेखिएको ठहर गरेको छ ।

यस्तो छ आदेश

 

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १८:०७