युवा विद्यार्थी विशेष जिल्ला कमिटीको कार्यक्रममा जब श्याम बोले …
२ माघ, काठमाडौँ । नेकपा एमालेको ११ औ महाधिवेशन सकिएको १ महिना बितिसकेको छ । अधिकाश प्रदेश र जिल्लाका इन्चार्जहरू हेरफेर भैसकेका छन् । जुन कुरा अपानीमा समेत आइसकेक छ । एमालेले कार्यकर्ता समेट्नको लागि भन्दै ४ वटा गैर–भुगोल कमिटी बनाएको छ । ११ औ महाधिवेशन अघि ४ वटा जिल्ला कमिटी को लागि एउटा प्रदेश बनाएको थियो । गत भाद्र २०–२२ मा ललितपुरको गोदावरीमा सम्पन्न भएको दोश्रो विधान अधिवेशनले राजधानीको काम नउठेको भन्दै राजधानीको ३ जिल्ला र गैर–भुगोलाका ४ जिल्ला समेटेर राजधानी प्रदेस बनाउने निर्णय गरेको थियो ।
राजधानी प्रदेसमा ४ गैर–भुगोल कमिटी मध्ये एउटा कमिटी छ त्यो हो– युवा विद्यार्थी विशेष जिल्ला कमिटी । पहिले यो कमिटी खासै सक्रिय थिएन । पार्टीले अखिलबाट विदा भएका अध्यलाई सचिव बनाएर पथाउथ्यो । तर पछिल्लो २/३ वर्ष एता यो कमिटी अत्यन्तै सक्रिय कमिटी भएको छ । यसको संगठित सदस्य नै ४५०२ जना रहेको प्रचार विभाग प्रमुख किरण देउजाले जानकारी दिए । देउजाको अनुसार “आ.व. २०७०/७१ मा २९५ सदस्यता रहेको, आ.व. २०८१/८२ मा ११६५ र चालू आ.व. ४५०२ जना सदस्य बिस्तार भएको । यसकारण कमिटीको हाइप समेत बढेको छ ।”

युवा विद्यार्थी विशेषको कार्यालय च्यासलमा पुष ३० गते अपराह्न २ बजे नया इन्चार्जको स्वागत तथा नया आउनुअघिको इन्चार्को विदाई कार्यक्रम राखिएक थियो । सहभागी अत्यन्तै न्यून भए पनि अथितिहरु चै हेभिवेटका नै थिए । पार्टीका सचिव तथा राजधानीका इञ्चार्ज डा राजन भट्टराई, गत महाधिवेशनमा केन्द्रिय सदस्यमा पराजित भए पनि नेतृत्वले टिका लगाइदिएर राजधानीको अध्यक्ष बनाइएका नारायण सिलवाल सचिव मिलन धरेल, इञ्चार्ज बाट विदा हुन लागेका रमेश पौडेल, नयाँ इन्चार्जको रुपमा आउदै गरेका समिक कुमार बडाल आदि ।
कार्यक्रम सुरु भएपछी स्वागत मन्तब्य दिए श्यामकाजी खत्रीले । उनी कमिटीको उपाध्यक्ष समेत हुन् । श्यामले जम्मा जम्मी ५/६ मिनेट बोले । तर बडो गम्भीर र भाबुक कुरा गरे । उनले सुरुमै भने “आदरणिय इञ्चार्ज रमेश पौडेल महाधिवेशनमा पराजित हुनुभएको छ जुन हुनुनपर्ने हो । तर, निर्वाचनमा हार–जीत हुन्छ नै । यदि रमेश पौडेल हाम्रो जिल्ला कमिटीको इञ्चार्ज नहुनु भएको भए, आज कमिटीको यो हैसियत नै हुने थिएन । गत साल (२०८१ साउन ७ गते) नयाँ इन्चार्जको रुपमा आएपछि कमिटीको संगठित सदस्यहरुको (११६३) नविकरण गर्नुपर्ने जसको लागी करिब डेड/दुई लाख आवश्यक थियो । म आर्थीक विभाग प्रमुख थिए। मैले कमिटीसँग पैसा छैन्, कमिटी लोनमा छ भनेको थिए । कमिटीको आय–ब्याय सबै देखाइदिएको थिए । वहाँले आफ्नो घरको त्रैमासिक किस्ता तिर्न (बैकंमा) राखेको र भाउजुको (रमेश दाईको श्रीमती) गहना सुन पसलमा राखेर पैसा नदिनुभएको भए, यो कमिटी झोला मा नै सिमित हुन्थ्यो । उहाँले यसरि पैसा व्यवस्थापन गरेको मलाई जानकारी थिएन । एकदिन भाउजुले कल गरेर “घरको किस्ता तिर्ने बेला भयो दाईले २÷३ लाख पैसा के पो गर्नु भएछ, मेरो गहन पनि छैन” भनेपछि पो म झसँग भए । अनि दाइसंङ्ग कुरा गर्दा, दाईले भन्नुभयो, “हेर्नुस श्याम जी, पहिले कमिटी त रन गरौ, पैसा पछि मेनेज होला भनेर यसो गरेका हुँ” भन्नुभयो । यहि कुरा श्यामले भन्दा सचिव डा. राजन भट्टराई लगायत सबै भाबुक हुनुभएको थियो । अधिकाशंको आखाँ टिलपिल आँसुले भरिएको थियो । पछि डा. राजन भट्टराइले “रमेशजीले निर्वाचनमा हारे पनि उचित व्यस्थापन गर्ने आश्वसन दिनुभयो ।
यो कार्यक्रममा सबैले भारि मन र आँखा भरि आँसु सहित आफ्ना ईन्चार्जलाई बिदाई गर्दै भने– तपाईंले देखाएको बाटो र पार्टीलाई कति माया गर्नु पर्छ, कार्यकर्ता कसरी परिवारका सदस्य भन्दा ज्यादा माया गर्नु पर्छ भन्ने सिक्यौं र देख्यौ भन्दै दोसल्ला र कदर पत्र सहित सम्मान गरेका थिए । सबैले भन्दै थिए रमेश पौडेलहरु एमालेका सम्पत्ति हुन् ।
प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार १२:१०









