गुल्मीकाे चन्द्रकाेटमा होमस्टे स्तरोन्नति तथा व्यवस्थापन सम्बन्धी तालिम सुरु, पर्यटनमार्फत आयआर्जनमा जोड
११ जेठ गुल्मी । गरिबी निवारणकाे लागि लघु उधम विकास कार्यक्रम मार्फत चन्द्रकाेट गाउँपालिका गुल्मीकाे आयाेजनामा ३ दिने हाेमस्टे संचालन तथा व्यवस्थापन सम्बन्धी स्तराेन्नती तालिम चन्द्रकाेट ४ रेमी गाउँमा सुरु भएकाे छ ।
तालिम कार्यक्रम उद्घाटन गर्दै चन्द्रकाेट गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष बल बहादुर बस्नेतले हाेमस्टे मार्फत आय आर्जन अनि महिला शशक्तिकरण गर्न खाेजिएकाे बताउनुभयाे । कार्यक्रममा वडा सदस्यहरु टेक बहादुर थापा, दुर्गा बहादुर खत्रीले तालिम कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयाे ।

टिमुरे सामुदायिक हाेमस्टे रेमीका अध्यक्ष बल बहादुर पुनले पाहुनाकाे स्वागत सत्कार र बजारीकरणकाे लागि तालिमले सहयाेग पुग्ने अपेक्षा व्यक्त गर्नुभयाे । तालिम कार्यक्रममा रेमी गाउँका मगर समुदायमा संचालित हाेमस्टे संचालकहरु सहभागी हुनुहुन्छ । रेमीमा ७ वर्ष अघि देखि हाेमस्टे संचालनमा रहेकाे छ ।

तालिम कार्यक्रमले बजारीकरणकाे माध्यमबाट हाेमस्टे प्रवर्द्वनमा सहयाेग पुग्ने उधम विकास सहजकर्ता मनिषा कंडेलले बताउनुभयाे । कार्यक्रममा हाेमस्टे, पर्यटन, बजारीकरण, रैथाने पाककला, हाउसकिपिङ, गाइडिङ सीप, सांस्कृतिक गतिविधि लगायतका विषयमा पर्यटनविद भुमराज तिवारीले प्रशिक्षण दिनुहुनेछ ।

प्रकाशित मिति : May 25, 2026 at 3:26 pm









