एक कम्पनीको सेयर मूल्य समायोजन
१२ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य समायाेजन भएकाे छ । नेप्सेमा कम्पनीकाे ९.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
मंगलबारको अन्तिम कारोबार मूल्य ५९३९.९० रुपैयाँलाई आधार बनाएर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५४२४.५७ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर बुधबार कारोबार खुल्नेछ ।
प्रकाशित मिति : May 26, 2026 at 6:23 pm









