१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

प्रधानमन्त्री एक हप्ताभित्र सदनमा आउनुहुन्छः कवीन्द्र बुर्लाकोटी

१२ जेठ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर मुख्य सचेतक बुर्लाकोटीले सो कुराको जानकारी गराएका हुन् ।

बुर्लाकोटीले भने, ‘मैले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरेर विपक्षी सांसदहरूले उठाएको विषय राखे । प्रधानमन्त्री सम्भवतः एक हप्ताभित्र सदनमा जवाफ दिनेगरी आउने जानकारी गराउन चाहन्छु।’

प्रकाशित मिति : May 26, 2026 at 5:36 pm