२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

निर्वाचन प्रहरीको भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जनालाई जागिरको अवसर

२४ पुस, काठमाडाैं । नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ठूलो सङ्ख्यामा ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) को दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो।

इच्छुक व्यक्तिले शुक्रबारदेखि आगामी माघ १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएकाे छ। सार्वजनिक बिदाको दिनसमेत आवदेशन दिन सकिने छ। १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिकले निर्वाचन प्रहरीमा भर्ना हुन याेग्य मानिने छन् ।

पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन्।

प्रकाशित मिति : January 8, 2026 at 9:34 am