१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

नुवाकोटका धनराज काठमाडौंमा मृत फेला

२१ पुस, काठमाडौं । काठमाडौंको एयरपोर्ट होलिडे होटलमा एक जना मृत अवस्थामा फेला परेका छन् ।  काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एयरपोर्ट होलिडे होटलमा नुवाकोट घर भएका ५९ वर्षीय धनराज मगर मृत अवस्थामा फेला परेका हुन् ।

शनिबार देखि होटलमा बस्दै आएका उनी सोही होटलको कोठा नम्बर ५०७ मा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : January 5, 2026 at 1:13 pm