१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

बुद्धको एयरको विमान झापामा दुर्घटना

१८ पुस, झापा । भद्रपुर विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमान चिप्लिएर दुर्घटना भएको छ । विमान रन–वेबाट चिप्लिएर बाहिर घाँसमा पुगेको प्रहरीले जनाएको छ । थप विवरण आउनेक्रममा रहेको छ । मानवीय क्षति नभएको तर विमानमा भने क्षति पुगेको प्रहरीले जनाएमो छ ।

अन्दाजी राति ९:१० बजेको समयमा चन्द्रगढी एयरपोर्टमा काठमाण्डौबाट चन्द्रगढी आईपुगेको ५१ जना यात्रु र ४ जना चालक दलसहित उडेको ATR 72 बुद्ध 901 एयरभद्रपुर एयरपोर्टमा ल्याणड गर्ने क्रममा फ्लाईट रन-वेको पूर्व तर्फ ओभर रन भई ३०० मिटर पूर्वपट्टि भासि क्षतिग्रस्त भएको छ । जहाज काठमाण्डाैबाट राति ८:२३ बजे चन्द्रगढीको लागि उडेको थियो ।

 

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार २१:४३