१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

१५ पुस, काठमाडौँ । पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।

उहाँहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : December 30, 2025 at 3:34 pm