४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

रास्वपा सभापति रवि लामिछाने रिहा

४ पुस, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा हुनुभएको छ । शुक्रबार रुपन्देही पुगेर लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा हुनुभएको हो ।

बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुग्नुभएको थियो ।

लामिछाने बिगोबापतको रू ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा हुनुभएको हो ।

लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार १८:३९