२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

रवि लामिछानेलाई २ करोड ७४ लाख बिगो लिएर छाड्न आदेश

३ पुस, काठमाडौँ । उच्च अदालत तुलसीपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई उनले माग गरे अनुसार कै शर्त अनुसार रिहा गर्न आदेश दिएको हाे ।

उनले आफ्नो भागमा पर्ने बिगो २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो सुरक्षित गरेर रिहा हुन पाउने भएका हुन् ।

रविले सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगो मध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पुर्पक्ष गरीपाउँ भन्ने निवेदन दिएका थिए।

प्रकाशित मिति : December 18, 2025 at 5:20 pm