११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढ्यो

१० मंसिर, काठमाडाैं। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकाे छ । बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढाउन सम्पूर्ण मेडिकल व्यवासायीहरुलाई एक परिपत्र जारी गरेको हो ।

मन्त्रालयले ३४ प्रकारका परीक्षणहरु समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न परिपत्र गरेको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नविकरण तथा अनुगमन सम्बन्धी कार्यविधि,२०७२ को छैठौं संशोधन लाई पूर्ण रुपमा कार्यान्वयन गर्न अनुगमन गरी मापदण्ड पुरा गरेको स्वास्थ्य संस्थाहरुको सूची समेत सार्वजनिक गरिसकेको हुँदा मापदण्डमा उल्लेख भएका २३ प्रकारका परीक्षणहरु समेत गरी उक्त अनिवार्य लिई स्वास्थ्य परीक्षण गर्न भनेको छ ।

यसअघि स्वास्थ्य परीक्षणका लागि ३ हजार ५ सय सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकिएको थियो।

प्रकाशित मिति : November 26, 2025 at 2:47 pm