२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

अध्यागमनले भन्योः विदेशी विद्यार्थीले पठनपाठनबाहेक अरू गतिविधि गरेको थाहा पाए सूचना दिनू

१० मंसिर, काठमाडौं । अध्यागमन विभागले विदेशी विद्यार्थीहरू पठनपाठन बाहेक अन्य गतिविधिमा संलग्न भएको थाहा पाए सूचना दिन अनुरोध गरेको छ।

बुधबार विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले एक विज्ञप्ति जारी गरी विदेशी विद्यार्थीहरू गैरकानुनी काममा समेत संलग्न देखिएको भन्दै यस्ता गतिविधिमा संलग्नबारे सूचना दिन अनुरोध गरेका हुन्।

‘भिसा तथा आम्दानी प्रयोजनका लागि मात्र आफ्नो शैक्षिक संस्थामा विदेशी विद्यार्थी भर्ना नगर्न, आफ्नो संस्थामा अध्ययनरत विद्यार्थीहरू नियमित रूपन पठनपाठनमा संलग्न भए/नभएको यकिन गरी मात्र भिसा सिफारिस गर्न र पठनपाठन भन्दा बाहेक अन्य शंकास्पद गतिविधिमा संलग्न भएको जानकारीमा आएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई सूचना दिन सबै शैक्षिक संस्थाहरूलाई अनुरोध गर्दछ,’

प्रकाशित मिति : November 26, 2025 at 2:40 pm