१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

कोशी प्रदेश योजना आयोग उपाध्यक्षमा तारानाथ निरौला नियुक्त

३ मंसिर, काठमाडाैं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त हुनुभएकाे छ । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

हालका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कात्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको‌ हाे ।

प्रकाशित मिति : November 19, 2025 at 12:24 pm