१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

सडक डिभिजन कार्यालय काठमाडौंले ताेड्याे २५ रुग्ण ठेक्का

१ मंसिर, काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले २५ रुग्ण ठेक्का तोडेको छ । सोमबार सूचना प्रकाशित गरी सडक डिभिजन काठमाडौंले २५ निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरेको जनाएकाे छ ।

सडक डिभिजनले गत कात्तिक ११ गते ठेक्का किन नतोड्ने भन्दै १५ दिने सूचना प्रकाशित गरी स्पस्टीकरण माग गरेको थियो। त्यसमा सम्बन्धित निर्माण व्यवसायीबाट पेस भएको स्पस्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको कार्यालय प्रमुख सुवोध देवकोटाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : November 17, 2025 at 10:05 am