नेप्सेमा १ अर्ब ८३ करोडकाे बोनस सेयर सूचीकृत
३० कात्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ अर्ब बढीकाे बोनस सेयर सूचीकृत भएकाे छ । नेपाल राष्ट्र बैंकको तीन महिनाको तथ्यांक अनुसार नेप्समा १ अर्ब ८३ करोड बराबरको बोनस सेयर सूचीकृत भएकाे हाे ।
त्यस्तै, याे अवधिमा नेप्सेमा १२ अर्ब ७८ करोड बराबरको साधारण सेयर, २ अर्ब ४८ करोड बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १८ अर्ब २ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १३:३४












