एमाले नेता शान्ता चौधरीको अचार उद्योगमा आगलागी
३० कात्तिक, काठमाडौं । नेकपा (एमाले) नेता शान्ता चौधरीको को सुर्खेतको वीरेन्द्रनगरस्थित अचार पसलमा आगजनी भएको छ । आज बिहान करिब ३ बजे चौधरीको अचार उद्योगको सुर्खेत स्थित बिक्री कक्षमा आगजनी भएको हाे ।
चौधरीले आफ्नो जिन्दगीका हरेक प्रयासमा आगजनी भएको बताउँदै तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि प्रहरीलाई अनुरोध गर्नुभएकाे छ ।

‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई। सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लाइदिएछ,’ सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेख्नुभएकाे छ, ‘नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु।’
प्रकाशित मिति : November 16, 2025 at 12:36 pm









