१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका फरार रहेका खरेल पक्राउ

२३ कात्तिक, काठमाडौं  । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ठगी, लिखत कीर्ते, राज्यविरुद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेका रौतहट फतुवा हर्साहा–९ का ४२ वर्षीय निराजन उर्फ निरन्जन कुमार खरेललाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा मिति २०७९/०८० सालमा दर्ता भएको सो प्रकरण अन्तर्गत अनुसन्धान गर्दै जाँदा खरेललाई मिति २०८२ कात्तिक २१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

dainiki.com

प्रहरीका अनुसार खरेलले ठगी गिरोहसँग मिलेमतो गरी पीडितहरूबाट गैरकानुनी रूपमा रकम असुल गर्ने, नगद तथा चेकमार्फत रकम जम्मा गर्ने र ओसारपसार गर्ने कार्यमा संलग्न थिए। पक्राउ परेका खरेललाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गरिएको प्रहरीले जनाएको छ।

सिआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले घटनाबारे जानकारी दिँदै भने, “नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ। यस घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी छ।”

प्रकाशित मिति : November 9, 2025 at 6:10 pm