२५ कार्तिक २०८२, मंगलवार | Tue Nov 11 2025

स्टार्टअप कर्जाका लागि आवेदन आह्वान

१९ कात्तिक, काठमाडौँ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदन आह्वान गरेको हो ।

स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीहरूले कार्यविधिको दफा ४ अनुसार योग्यता पुरा गरेको हुनुपर्ने जनाएको छ । आवेदकहरू सम्बन्धित क्षेत्रहरूमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका हुनुपर्ने व्यवस्था गरिएको छ ।

इच्छुक उद्यमीहरूले आज मितिले २१ दिनभित्र परियोजना प्रस्ताव पेस गरिसक्नुपर्ने जनाइएको छ । परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार अनलाइनमार्फत् आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १२:१४