२२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025

सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

१८ कात्तिक, काठमाडौँ । सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् । दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका छन् ।

जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत सुरू गरिरहेको एसएसपी रमेश थापाले बताउनुभयो । काठमाडौँ जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ । जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १३:३२