२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

बञ्चरेडाँडाको समस्या १५ दिनभित्र समाधान गर्ने मन्त्री घिसिङको प्रतिबद्धता, जुट्यो सहमति

१६ कात्तिक, काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आइतबार काठमाडौंको फोहोर विसर्जन स्थल बञ्चरेडाँडा पुगेर मन्त्री घिसिङले स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरेर समझदारी जुटाउनुभएको हो । योसँगै स्थानीय बासिन्दाले फोहोर फाल्न गरेको अवरोध खुल्ने भएको छ।

सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले गत मंगलबारदेखि फोहोरमा अवरोध गरेका थिए। आज समझदारी भएपछि रोकिएका करिब १५० ट्रक बन्चरेडाँडातर्फ अघि बढेका छन्।

प्रकाशित मिति : 12:52