बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि महानगरले भन्योः घरमै सुरक्षित राख्नुस्
१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहरमैला घरमै सुरक्षित राख्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तबरले राख्न महानगरपालिकाले आग्रह गरेको हो ।
महानगरपालिकालेले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घर कम्पाउण्डमा सुरक्षित तवरले राख्न अनुरोध गरेको हो ।
साथै, महानगरपालिकाले फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न समेत अनुरोध गरेको छ । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयवासीले फोहर फाल्न अवरोध गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १४:०८










