२५ कार्तिक २०८२, मंगलवार | Tue Nov 11 2025

थापाथलीस्थित राम मन्दिर परिसरमा महानगरले चलायो डोजर

१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ । महानगरपालिकाले शुक्रबार सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा डोजर चलाएको हो ।

सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रुपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ ।महानगरले आजै एक सूचना जारी गरेर सार्वजनिक सम्पति अतिक्रमण गरी बनाइएको संरचना खाली गर्न चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १३:४४