१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

खगेन्द्र सुनार बयानका लागि काभ्रे अदालतमा उपस्थित

१३ कात्तिक, काठमाडौं । खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर भएका छन्। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै अधिवक्ता मनिषा गौतमले प्रहरीमा सुनारविरूद्ध जाहेरी दिएकी थिइन्। अधिवक्ता गौतमले आफूमाथि फेसबुकमा गालीगलौज गरेको भन्दै सुनारविरूद्ध मुद्दा हालेकी हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले सुनारलाइ श्रममन्त्रीमा सिफारिस गरेकी थिइन्। तर उनको तीन वटा जिल्लामा मुद्दा बाँकी रहेको भन्दै आलोचना भएपछि नाम काटिएको थियो। बिहीबार उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसपछि न्यायाधीशले पुर्पक्षका लागि आदेश गर्नेछन्।

प्रकाशित मिति : October 30, 2025 at 11:42 am