२२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

मन्त्रीमा सिफारिस खगेन्द्र सुनार विवादित बनेपछि छलफल गर्दै प्रधानमन्त्री कार्की

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदमा ४ नयाँ मन्त्रीलाई शपथ ग्रहण गराउनुअघि आन्तरिक छलफलमा जुट्नुभएकाे छ ।

मन्त्रीमा सिफारिस गरिएकामध्ये खगेन्द्र सुनारको नाम विवादमा परेपछि प्रधानमन्त्री कार्की थप छलफलमा लाग्नुभएकाे उहाँको सचिवालयले जनाएकाे छ । सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको जनाइएकाे छ ।

 सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको थियो । उनीविरुद्ध अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १३:४८