२५ कार्तिक २०८२, मंगलवार | Tue Nov 11 2025

राष्ट्रिय जेनजी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन

३ कात्तिक, काठमाडौं । दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोग पुगेको छ । यो पार्टीको अध्यक्षमा हिरा प्रसाद सेती रहेका छन् । दल दर्ताको निवेदनमा पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ छ ।

पार्टीको सिद्धान्त र नीतिमा राजनीतिक दर्शनका रूपमा सामाजिक उदारवाद लाई अंगीकार गर्ने भनिएको छ । युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भहरूका रूपमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार १२:१८