गृहमन्त्रीले भागेको भनेका तत्कालीन ऊर्जामन्त्री जलेको घरबाटै भए सार्वजनिक
३ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छोडेर भागेको भनेर दाबी गरेको एकदिपछि निवर्तमान ऊर्जमन्त्री दीपक खड्का आफ्नै घरबाट सार्वजनिक हुनुभएकाे छ । सोमबार बिहान खड्का जेनजी आन्दोलन क्रममा जलेको बूढानीलकण्ठस्थित आफ्नै घरबाट सार्वजनिक हुनुभएकाे हाे ।
गृहमन्त्री अर्यालले सोमबार नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा ऊर्जामन्त्री खड्का देश छाडेर भागिसकेको बताउनुभएकाे थियाे । ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ,’ गृहमन्त्री अर्यालले भन्नुभएकाे थियाे ।
प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार १०:१७












