२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

सुन आयातको सीमा बढ्यो, अब दैनिक २५ किलो ल्याउन पाउने

२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ। केन्द्रीय बैंकले विदेशी विनियम कारोबार गर्ने निकायका लागि जारी एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको हो।

राष्ट्र बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै सुन आयातको कोटा २० किलोबाट बढाएर अब दैनिक २५ किलो ल्याउन पाउने व्यवस्था गरेको हो ।

प्रकाशित मिति : October 10, 2025 at 12:47 pm