नेपाल फाइनान्सको २ लाख ३१ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा
४ मंसिर, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २ लाख ३१ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि अन्य इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन माग गरिएको हो।

यसअघि उक्त सेयर बिक्रीका लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो। उक्त अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेपछि अन्य इच्छुक व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्न लागिएकाे हो। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक खरिदकर्ताले उक्त मूल्यभन्दा कम नहुने गरी आवेदन दिनुपर्नेछ।
प्रकाशित मिति : November 20, 2026 at 9:41 am











