४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

जेब्रा क्रसिङमै बालिकालाई हानेर भागेका थिए कोशी प्रदेशका मन्त्री रामबहादुर मगर

२१ भदाै, काठमाडाैँ । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा कुदेको कोशी प्रदेशमन्त्री आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार गाडीले ११ वर्षीय बालकलाई ठक्कर दिएर भागेको पाइएको छ । मगरको को १ झ ६९९ नम्बरको गाडीले ठक्कर दिएको बालिकालाई जेब्रा क्रसिङमा हानेर भागेको थियो । घटना लगत्तै स्थानीयले बालिकालाई अस्पताल लगेर उपचार गराइरहेका छन । केहीबेर उनीहरूले सडक अबरूद्ध गरेर दोषी माथि कारबाहीको माग समेत गरेका थिए ।

मन्त्रीको गाडीलले बालिकालाई हानेर भागेको विषयमा विधान महाधिवेशनमा बोल्दै अध्यक्ष समेत रहनुभएको प्रधानमन्त्री केपी ओलीले दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न नहुने बताउनुभएको छ । महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिका अनुसार ओलीले भन्नुभएको थियो, ‘सामान्यरूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन् । तर, भइदियो ।’

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार १२:२८