१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

चेक अनादर मुद्दाका फरार प्रतिवादी अमिर पक्राउ

१३ कात्तिक, काठमाडौं । चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाे छन् । काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-४ घर भएका ४७ वर्षीय अमिर कुमार श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला अदालत काठमाडौंको २०८१ जेठ १६ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चाबहिलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रकाशित मिति : October 30, 2026 at 1:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/