१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका लागि सहकार्य

१७ कात्तिक, काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ‘११.११’ अभियानका लागि सहकार्य भएको छ । ग्राहकको आवश्यकता सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको बैंकले दराज नेपालको ११.११ अभियानमा आफ्ना ग्राहकलाई विशेष छुट तथा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरेको जनाएको छ ।

सहकार्यअन्तर्गत २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराज नेपालमार्फत सामान खरिद गर्दा विशेष छुट पाउनेछन् । बैंकका अनुसार डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ ।

 छुट प्राप्त गर्न ग्राहकले दराजबाट भौचर संकलन गर्नुपर्ने बैंकले जनाएको छ । अभियान अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’का आधारमा छुट उपलब्ध गराइनेछ । बैंकले यस किसिमको सहकार्यबाट डिजिटल बैंकिङ सेवाको प्रयोग विस्तार हुने र ग्राहकको भुक्तानी प्रक्रियालाई थप सहज तथा सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ । महालक्ष्मी विकास बैंकले हालै काठमाडौँको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : November 3, 2026 at 1:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/