३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

घरमै बसेर सहजै आफ्नो ऋण आवेदनको अवस्था जानकारी लिन सकिने

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौं । अब मुक्तिनाथ विकास बैंकका ग्राहकले घरमै बसेर आफूले पेश गरेको ऋण आवेदनको अवस्था र प्रगति सहजै हेर्न सक्ने भएका छन् । बैंकले ग्राहकलाई ऋण आवेदनको अवस्थाबारे तत्काल जानकारी दिने उद्देश्यले ‘लोन एप्लिकेसन ट्रयाकिङ सेवा’ सञ्चालनमा ल्याएको हो ।

नयाँ सेवामार्फत ग्राहकले बैंकमा पेश गरेको कर्जा आवेदन हाल कुन चरणमा पुगेको छ, कर्जा मूल्याङ्कन तथा स्वीकृति प्रक्रिया कहाँसम्म पुगेको छ र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेट के छन् भन्ने जानकारी डिजिटल माध्यमबाट प्राप्त गर्न सक्नेछन् ।

यसका लागि ग्राहकले मुक्तिनाथ विकास बैंकको आधिकारिक वेबसाइटमा गएर आफ्नो मोबाइल नम्बर र लोन एप्लिकेसन ट्रयाकिङ आईडी प्रयोग गरी कर्जा आवेदनको अवस्था हेर्न सक्ने बैंकले जनाएको छ ।

यसअघि कर्जा आवेदनको प्रगति बुझ्न ग्राहकले सम्बन्धित शाखा कार्यालयमा पुग्नुपर्ने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्था थियो । नयाँ सेवाको सुरुवातसँगै ग्राहकले त्यस्तो जानकारीका लागि शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकको भनाइ छ ।

बैंकका अनुसार यस सेवाले ग्राहकको समय बचत गर्नुका साथै कर्जा प्रक्रियामा पारदर्शिता कायम गर्न, सूचनामा सहज पहुँच बढाउन र ग्राहकको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्नेछ ।

कर्जा आवेदन स्वीकृत भएको अवस्थामा सम्बन्धित ग्राहकलाई त्यसको जानकारी एसएमएस नोटिफिकेसनमार्फत तत्काल उपलब्ध गराउने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।

ग्राहक सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकले पछिल्ला वर्षहरूमा प्रविधिमा आधारित सेवा विस्तारलाई रणनीतिक प्राथमिकता दिँदै आएको छ । बैंकले डिजिटल ट्रान्सफर्मेसन र निरन्तर नवप्रवर्तनमार्फत आफ्ना सेवा, प्रक्रिया तथा ग्राहक अनुभवलाई थप सरल, प्रभावकारी र ग्राहककेन्द्रित बनाउँदै आएको जनाएको छ ।

बैंकले ग्राहकको बदलिँदो आवश्यकता, वित्तीय प्रविधिको तीव्र विकास तथा आधुनिक बैंकिङ अभ्यासलाई आत्मसात् गर्दै आफ्ना सेवा र प्रक्रियालाई क्रमशः डिजिटल, डेटा–आधारित, छिटो र ग्राहककेन्द्रित बनाउँदै लगेको जनाएको छ ।

‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने अवधारणालाई व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप डिजिटल माध्यमको अधिकतम प्रयोग गरी ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने कामलाई निरन्तरता दिइरहेको बैंकको भनाइ छ ।

प्रकाशित मिति : November 18, 2026 at 8:50 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/