युनिक नेपाल लघुवित्तका सेयरधनीको हात खाली, लाभांश नदिने निर्णय
१ मंसिर, काठमाडाैँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। लघुवित्तको कात्तिक ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले गत आर्थिक वर्षका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पठाएको पत्रमा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गरी प्रकाशनार्थ नेपाल राष्ट्र बैंकमा पठाउने निर्णयसमेत भएको उल्लेख छ। याेसँगै युनिक नेपाल लघुवित्तका सेयरधनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि प्रतिफल नपाउने भएका छन्।
प्रकाशित मिति : November 17, 2026 at 1:28 pm












