२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच सम्झौताः विदेशबाट मोबाइल एपमार्फत पैसा पठाउन सकिने

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडौं । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्धेश्यका साथ माछापुच्छ्र्र्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्याप ट्याप सेन्ड (TapTap Send) बीच विप्रेषण सेवा सञ्चालन गर्न सम्झौताभएसँगै विप्रेषण कारोबार औपचारिक रुपमा शुुरु भएको छ ।

यस सम्झौता सँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्याप ट्याप सेन्ड (TapTap Send)को मोबाइल एप प्रयोग गरी सहज रुपमा नेपालमा रकम पठाउन सक्नेछन्। यसरी प्रेषित गरिएको रकम माछापुच्छ्र्र्रे बैंककोे आफ्नै विप्रेषण सेवा एमबिएल रेमिट मार्फत नगद भुक्तानीका साथै माछापुच्छ्र्र्रे बैंक लगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत जम्मा गर्न सकिनेछ।

नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सेवाग्राहीले सहज रुपमा नगद भुक्तानी पनि प्राप्त गर्न सकिनेछ। विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान र्पुयाउँदै आएको छ। यसबाट प्राप्त आम्दानीले परिवारको दैनिक खर्च व्यवस्थापन, शिक्षा, स्वास्थ्योपचार, आवास तथा जीवनस्तर उकास्न सहयोग र्पुयाएको छ । साथै, बचत तथा लगानीको क्षमता अभिवृद्धि गर्दै आर्थिक सुरक्षा र आत्मनिर्भरता प्रवद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

यससँगै, माछापुच्छ्रे बैंक सुरक्षित, विश्वसनीय र सहज विप्रेषण सेवा प्रदान गर्न प्रतिवद्ध रहँदै प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पूर्ण पालना गर्दै पारदर्शी, उत्तरदायी र अनुपालनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको छ।

यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ।

माछापुच्छ्र्रे बैंक लि. पुर्व देखि पश्चिम तथा हिमाल देखि पहाड र तराईसम्म आफ्ना १५६ वटा शाखाहरु, ८८ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २५५ स्थानमा रहेका सेवा सञ्जाल तथा १९४ वटा एटीएमहरु मार्फत १८ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ।

प्रकाशित मिति : November 17, 2026 at 5:15 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/